Author: admin

हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

Read More

सिसेल्स । नेपालीहरूको महत्वपूर्ण महान चाडहरु मध्ये एक हो दशैं । जुन देशभर मात्र नभई प्रवासमा रहने नेपालीहरूले पनि आफ्नो रीतिरिवाज अनुसार मनाउने गर्दछन् । पारिवारिक पुनर्मिलन, टीका र जमरा अनि मीठा परिकारका भोजन बनाएर दशैँ मनाइन्छ, हाम्रो धर्म, संस्कृतिक र परम्पराको जगेर्ना गर्नु तपाईँ हाम्रो प्रमुख दायित्व हो भन्ने नाराका साथ हामी नेपाली ग्लोबल सिसेल्सले २०२४ अक्टोबर ६ तारिकका दिन बडा दशैं, शुभ–दीपावली, नेपाल सम्वत्, छठ पर्वको पावन अवसरमा शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।सिसेल्सको प्रमुख तीन आईल्याण्डहरु माहे, प्रस्लिन र लादिक आईल्याण्डमा क्रमश अक्टोबर १२ र १३ तारिकका दिन बिभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन गरेको छ । माहे स्थित आन्स ओईटेल कम्युनियी सेन्टरमा सम्पन्न कार्यक्रममा कार्यक्रमको सहजिकरण संस्थाका महासचिव सुरेन्द्र कुँवर र सचिव अईन्द्र बिक्रम योङयाले गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजसेवी तथा ग्लोबल खाध्यान्न आपूर्ति संस्थानका प्रबन्ध निर्देशक श्री भेनु गोपाल ज्यू को प्रमुख आथितित्व रहेको थियो भने विशेष अतिथिहरुमा सेशेल्स पोलिस कमिसनर श्री टेड बारबे ज्यू, सेसेल्सका लागि नेपाली वाणिज्य दूत श्री नरेश दास, समाजसेवी तथा सुरक्षा निर्देशक कोरल स्टेण्डका श्री इलियस खान, लायन्स क्लबका सदस्य एवंम समाजसेवी श्री धरम बिर शर्मा ज्यू, समाजसेवी श्री आरती गुरुङका साथ साथै डन कार हायरका प्रोप्राइटर– समाजसेवी श्री जानी आमोर डिडोन र समाजसेबि श्री न्याल्सी लगायत विभिन्न संघसंस्थाबाट पाल्नुभएका विदेशी तथा स्थानीय अतिथीहरूको समुपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख संयोजक श्री हरि तामाङ र सह–संयोजक श्री चोम बलाल, यातयात ब्यवस्थापनमा संस्थाका बोर्ड अफ डाईरेक्टर श्री रामजी बस्नेत संस्थाका क्रियाशिल सदस्यहरु श्री प्रकास काँउचा र श्री सानु तामाङ ज्यु, भान्सा ब्यवस्थापन तथा सहजिकरणमा संस्थाका उपाध्यक्ष श्री राजेन्द्र कुँवर बोर्ड अफ डाईरेक्टर श्री भक्त खड्का, क्रियाशिल सदस्यहरु श्री धन बहादुर खत्री र श्री राजु मोक्तान ज्यूले गर्नु भएको थियो । कार्यक्रम स्थल ब्यवस्थापनमा संस्थाका बोर्ड अफ डाईरेक्टर श्री बिजय तामाङ ज्यूले गर्नु भएको थियो भने स्वयमसेवक जिम्मेवारी संस्थाकै अनुसाशन संयोजक श्री हरि मैनाली ज्यू र खेलकुद संयोजक श्री मंगल नेपाली ज्यूले परिचालन गर्नु भएको थियो भने उक्त दिनमै सम्पन भलिबल प्रतियोगितामा संस्थाका प्रथम उपाध्यक्ष श्री बिजय थापा ज्यूको नेतृत्वमा र विशेष सल्लाहकार विशन गुरुङ ज्यू साथै टिम क्याप्टेन श्री अमर गुरुङ ज्यूको निर्देशनमा भलिबल प्रतियोगितामा प्रथम स्थान बाजी मार्नु हुने सम्पूर्ण खेलाडीहरूलाई खादा तथा दशैं टीका र जमरा लगाई स्वागत तथा सम्मान गरिएको थियो । नेपाली मौलिक भेषभूषा र संस्कृतिमा सम्पन्न कार्यक्रममा संस्थाका कलाकार भाइ बहिनीहरू संगिना तामाङ, कल्पना तामाङ, पुजा पोख्रेल, सुनिता रुम्बाले एकल नृत्य प्रतियोगितामा भाग लिनु भएरको थियो । एकल प्रतियोगितामा प्रथम र दोस्रो स्थान क्रमस संस्थाका बोर्ड अफ डाइरेक्टर संगिना तामाङ र पूजा दाहाल हात पार्नुभएको थियो भने समूह कै उत्कृष्ट नृत्यङ्गनाको रुपमा संस्थाका क्रियाशील सदस्य सुनिता रुम्बा साथै एकल नृत्य प्रस्तुतिको सन्तावना पुरस्कार भने संस्थाका क्रियाशील सदस्य कल्पना तामाङ ज्यूले प्राप्त गर्नुभयो । अतिथीहरुलाई मनोरजन दिनको लागि बिच बिचमा हास्य व्यङ्ग्य नृत्य प्रस्तुतिका साथै संस्थाका बोर्ड अफ डाइरेक्टर रोशन लामा ज्यूबाट गायन प्रस्तुतिहरू पस्कनु भई कार्यक्रमलाई अझ रमाइलो बनाउनुभएको थियो । संस्थाका कलाकारहरु पुजा पोख्रेल, शिखर राना, निर्मला तामाङ, पासाङ तामाङ, माया तामाङ र कारसाङ तामाङले दशंै बिषेश सामुहिक नृत्य प्रस्तुत गर्नुका साथै स्थानिय कलाकारहरुको पनि बेजोड नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रममा सम्पूर्ण अतिथिहरूलाई स्वागतको लागि संस्थाका कल्चर संयोजक श्री अनु तामाङ, बोर्ड अफ डाईरेक्टर श्री रोशनी दाहाल, क्रियाशील सदस्य विनोद श्रेष्ठ, सदस्यहरु निमा तामाङm सदस्य राजेन्द्र महत, महिला संयोजक श्री पुष्पा लामा लगायत अन्य सदस्य ज्यूहरू निरन्तर खटिरहनु भएको थियो । दुई चरणमा सम्पन्न कार्यक्रमलाई दोस्रो चरणको कार्यक्रम संस्थाका बोर्ड अफ डाइरेक्टर पदम गुरुङज्यूले सञ्चालन गर्नुभएको थियो । आर्थिक पक्षमा संस्थाका कोषाध्यक्ष श्री अस्मिता आले, बोर्ड अफ डाइरेक्टर एवंम कार्यक्रमका आर्थिक सह–संयोजक श्री सानु काजी सिमखडा र क्रियाशील सदस्य श्री शर्मिला थापा ज्यूको विशेष भूमिका रहेको थियो । आफ्नै मौलिक भेषभुषामा सजिनु हुने एकजनालाई पुरस्कृत गर्ने संस्थाको निर्णय अनुसार सो पुरस्कार संस्थाका शुभचिन्तक श्री अमृता तामाङ ज्यूले प्राप्त गर्नुभएको थियो । उक्त कार्यक्रममा लकी ड्र बम्पर उपहारको विजेतामा कुपन नं–०८९ नम्बरको कुपन घोषित गरिएको थियो । उक्त चिठ्ठालाई कार्यक्रमका विशेष अतिथि इलियाज खान ज्यूले तान्नु भएको थियो । विशेष अतिथि इलियाज खानले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नु भयो – नेपालीहरुले आफ्नो ब्यस्त समयमा पनि हर्षोल्हासका साथ दशैं मनाउँदा खुशी ब्यक्त गर्नुहुँदै यो संस्थाले दुई देश बिच सांस्कृतिक मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर हुने कुरामा बिश्वस ब्यक्त गर्नुभयो । अर्का बिषेश अतिथी श्री टेड बारबेले यो संस्थाले सिसेल्समा कार्यरत सारा नेपालीहरुलाई समेटेर लैजाने नेपालीहरुको साझा संस्था बन्न सकोस भन्ने शुभकामना दिनुभयो । त्यसैगरी सिसेल्स पुलिसमा धेरै नेपाललीहरु कार्यरत रहेकोले जो नेपाली पनि परिवार जस्तै लाग्ने कुरा ब्यक्त गर्नुभयो । अर्का अतिथी एवंम लायन्स क्लवका सदस्य श्री धरम बिर शर्मा, कार्यक्रम संयोजक श्री हरि तामाङ साथै महासचिव श्री सुरेन्द्र कुँवर ज्यूले समसामयिक बिषयहरुमा प्रकाश पार्दै शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष श्री दिपेन्द्र कुँवर ज्यूको अध्यक्षतामा सम्पन भएको थियो । कार्यक्रमको समापनमा निमन्त्रणा स्वीकार गरी पाल्नुहुने सम्पूर्ण अतिथिहरूलाइ प्रत्यक्ष अप्रत्यक्ष कार्यक्रम सफलताका लागि दिनरात खटिनु हुने सबैलाई एकमुष्ट बधाई तथा शुभकामना दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

Read More

काठमाडौं । मिति २०८१–०६–२० गते आइतबार, सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज (LORAS) र हामी नेपाली ग्लोवल बिच आगामी दिनहरूमा सहकार्य गर्ने गरी समाजका तर्फबाट अध्यक्ष जुना पछाई र हामी नेपाली ग्लोवलको तर्फबाट ट्रष्टी अध्यक्ष अमृत लामाद्वारा MOU मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस MOU अन्तर्गत अब उपरान्त असाहय, विपन्न तथा गरिब नेपालीहरुले निःशुल्क रुपमा कानूनी परामर्श तथा कानूनी सेवा प्राप्त गर्न सक्ने छन् । हामी नेपाली ग्लोवलसंगको सहकार्यमा ४१ राष्ट्रहरुमा यो निःशुल्क सेवा बिस्तार हुने भएको छ । उक्त कार्यक्रम सफल पार्न महत्वपुर्ण योगदान पुर्याउनु हुने श्री रचना सिंहज्यू साथै हामी नेपाली ग्लोबलको अन्तर्राष्ट्रिय च्याप्टरका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तित्वहरू, पत्रकारज्यूहरू र समाजसेवीज्यूहरूको विशेष उपस्थिती रहेको थियो ।

हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

Read More

काठमाडौं । मिति २०८१–०६–१९ गते शनिबार, हामी नेपाली ग्लोवलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन” काठमाडौंको मल्ल होटलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पौडेलको मुख्य आतिथ्यमा सम्मेलन सञ्चालन सम्पन्न भएको थियो । उक्त कार्यक्रममा माननीय ज्ञानेन्द्र शाही, माननीय हित मान तामाङ, माननीय दावा तामाङ, माननीय राजिव गुरुङ, माननीय तीर्थ लामा, माननीय माधव सापकोटा, माननीय छिरिङ दोर्जे लामा, मानीय देवी माया सुनुवार लगायत विशेष व्यक्तित्वहरु डा. सुरेन्द्र केसी, गुरु भन्टे सुमाङ्ग्लो, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङवो तथा राष्ट्रिय समाज सेवी प्रो.डा. जगदीश बैद्यको उपस्थिति रहेको थियो । यस सम्मेलनमा सहभागिता जनाउन हामी नेपाली ग्लोबलका विभिन्न अन्तर्राष्ट्रिय च्याप्टर तथा सव च्याप्टरका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जस अन्तर्गत, युएसए च्याप्टर पूर्व अध्यक्ष इन्दिरा त्रिपाठी, युएई च्याप्टर अध्यक्ष दिल लामा, जर्मनी च्याप्टर अध्यक्ष रणबहादुर साउद, नेपाल च्याप्टर अध्यक्ष उमा तामाङ, जापान च्याप्टर अध्यक्ष डेनी शेर्पा, साउथ कोरिया च्याप्टर अध्यक्ष डा. किशोर कोइराला, अमेरिका (नर्थ–साउथ) काउन्सुलर राजा घले, नेपाल च्याप्टर काउन्सुलर नारायण श्रेष्ठ, एसिया काउन्सुलर जुनु गुरुङ, मिडिल इस्ट एसिया काउन्सुलर आशा लामा, युएसए च्याप्टर महासचिव सुर्य सिम्खडा, डाइरेक्टर अफ इजुकेशन पूर्ण लामा, युएसए च्याप्टरका काउन्सुलरहरु लगायत नेपाल सव च्याटरका अध्यक्ष तथा हामी नेपाली ग्लोबलका अन्य प्रतिनिधिहरु र आमन्त्रित अतिथिहरु, पत्रकारज्यूहरू र समाजसेवीज्यूहरूको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको शुरुवात अमेरिका (नर्थ–साउथ) काउन्सुलर राजा घलेद्वारा आगन्तुक सहभागिहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । मुख्य अतिथि माननीय मन्त्रीबाट दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नु भएको थियो र यस सम्मेलनको उद्देश्य अनुरुप चयन हुनुभएका २३ ट्रष्टी सदस्यहरुलाई पदक तथा ट्रष्टी प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । उहाँले नेपाल तथा नेपालीलाई विश्व सामु आफ्नो पहिचान बनाउन हामी नेपाली ग्लोबलले थालनी गरेको यस महान कार्यको सरहाना गर्दै नेपाल सरकारको तर्फबाट साथ तथा समर्थन सधैं रहने जानकारी दिनु भयो । सम्मेलनमा अध्यक्ष अमृत लामाले किन हामी नेपाली ग्लोबलको आवश्यकता प¥यो र यो संस्थाले केका लागि कसरी आफ्नो कार्यहरु गरिरहेको छ भनेर छोटो भिडियो प्रस्तुति मार्फत प्रष्ट पार्नु भएको थियो । नेपाल आमाको आँसु पुच्छ्न हामी नेपाली ग्लोबलले आगामी दिनहरुमा के–कस्ता कार्यक्रम र परियोजनामा काम गर्छ भन्ने पनि जानकारी दिनु भयो । दुई सत्रमा सम्पन्न भएको यो सम्मेलनमा दोस्रो सत्रमा विभिन्न विशेष अतिथि, अतिथि, समाजसेवी र विशेष व्यक्तित्वहरुले हामी नेपाली ग्लोबलले गरेको कार्यहरु प्रति आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । माननीय ज्ञानेन्द्र शाही तथा अध्यक्ष अमृत लामाले नेपाल तथा हामी नेपाली ग्लोबलको उद्देश्य अनुरुप कार्य गर्ने विशेष च्याप्टरको रुपमा हामी नेपाली ग्लोबल सिसेल्स च्याटरलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो । यस लगायत हामी नेपाली ग्लोबल नेपाल च्याप्टरका पूर्व अध्यक्ष बिमल कुमार खड्का, प्रा.डा. जगदीश बैद्य र पूर्ण लामालाई पनि प्रशंसा पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो । सम्मेलनमा पूर्ण लामाको संयोजकत्वमा “नेपालको बिकास कसरी हुन सक्छ” भन्ने शिर्षकमा कार्यशाला संचालन गर्नु भएको थियो । सहभागि प्रतिनिधिहरु मध्ये ४–५ जना मध्यको एक टिम बनाई हरेक टिमले आफ्नो बिचार लेख्न र व्यक्त गर्न दिइएको थियो । यो कार्यशालाको उद्देश्य भनेको सबै सहभागिहरुबाट नेपालको बिकास कसरी गर्न सकिन्छ भन्ने बिचार बुझ्न रहेको थियो र हामी नेपाली ग्लोबलले कसरी यस कार्यलाई अगाडी लैजाने भन्ने आशय लिएको थियो । सम्मेलनको अन्तमा ट्रष्टी सदस्यहरु मध्येबाट अध्यक्ष अमृत लामालाई ट्रष्टी अध्यक्षको रुपमा चयन गरिएको र अध्यक्षद्वारा सम्मेलनको अन्त्य भएको घोषणा गर्नु भएको थियो । ट्रष्टी सदस्यहरुको नामावली १. अमृत लामा (ट्रष्टी अध्यक्ष)२. नवराज के.सी३. टेक बहादुर लामा४. मोनी लिम्बु५. केशव राम राई६. जुनु गुरुङ७. घनश्याम खड्का८. रामचन्द्र भट्ट९. सूर्य सिम्खडा१०. राजा घले११. अशोक राज भण्डारी१२. निनम्मा राई१३. रण बहादुर साउद१४. राम कुमार श्रेष्ठ१५. दिल लामा१६. गंगा राज शर्मा१७. इन्दिरा त्रिपाठी१८. भुवन पौडेल१९. डेनी शेर्पा२०. महेश तामाङ२१. उमा तामाङ२२. राजेश गुरुङ२३. पंकज कार्की

हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने

Read More

काठमाडौं, १६ असोज । हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्थालाई बलियो बनाएर लामो समय अगाडि बढाउनका लागि ट्रस्टी बनाउने निर्णय गरेको बताएका हुन् । आगामी अक्टोबर ५ (असोज १९ गते) कार्यक्रम राखिएको उनले बताए । अक्टोबर ५ मा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन कोरिया, जापान, अष्ट्रेलिया, युरोपलगायतबाट पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष लामाले बताए । संस्थाको मूल उद्देश्य संसारमा रहेका सबै नेपालीहरुलाई एकतामा बाँध्ने रहेको बताइएको छ । संस्था राजनीति, धर्म, जाति र वर्गबाट स्वतन्त्र संगठन रहेको पनि बताइएको छ । हामी नेपाली ग्लोबलका युएई अध्यक्ष दिल लामा वाईवाका अनुसार काठमाडौंको लैनचौरस्थित मल्ल होटलमा हुने उक्त कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने छन् । हामी नेपाली ग्लोबलको अहिले विभिन्न ४१ देशमा शाखा रहेको पनि बताइएको छ । आगामी अक्टोबर ५ मा गठन हुने ट्रष्टीलाई विभिन्न देशमा रहेका शाखाबाट हुने कामको नियमन, नियन्त्रण र कारबाहीसमेतको अधिकार हुने बताइएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा यस संस्थाले काम गरिरहेको युएइका अध्यक्ष लामाले बताए । अध्यक्ष लामाका अनुसार नेपालमा २०७५ सालमा स्थापना भएको यस संस्थाले कोरोना महामारी, भूकम्पलगायतका दैवी विपत्तिमा परेकाहरुको उद्दार, राहत र पुनर्स्थापनामा पनि योगदान पुर्याइसकेको छ ।