हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

काठमाडौं । मिति २०८१–०६–२० गते आइतबार, सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज (LORAS) र हामी नेपाली ग्लोवल बिच आगामी दिनहरूमा सहकार्य गर्ने गरी समाजका तर्फबाट अध्यक्ष जुना पछाई र हामी नेपाली ग्लोवलको तर्फबाट ट्रष्टी अध्यक्ष अमृत लामाद्वारा MOU मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

यस MOU अन्तर्गत अब उपरान्त असाहय, विपन्न तथा गरिब नेपालीहरुले निःशुल्क रुपमा कानूनी परामर्श तथा कानूनी सेवा प्राप्त गर्न सक्ने छन् । हामी नेपाली ग्लोवलसंगको सहकार्यमा ४१ राष्ट्रहरुमा यो निःशुल्क सेवा बिस्तार हुने भएको छ ।

उक्त कार्यक्रम सफल पार्न महत्वपुर्ण योगदान पुर्याउनु हुने श्री रचना सिंहज्यू साथै हामी नेपाली ग्लोबलको अन्तर्राष्ट्रिय च्याप्टरका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तित्वहरू, पत्रकारज्यूहरू र समाजसेवीज्यूहरूको विशेष उपस्थिती रहेको थियो ।

Share This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>