हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

सिसेल्स । नेपालीहरूको महत्वपूर्ण महान चाडहरु मध्ये एक हो दशैं । जुन देशभर मात्र नभई प्रवासमा रहने नेपालीहरूले पनि आफ्नो रीतिरिवाज अनुसार मनाउने गर्दछन् । पारिवारिक पुनर्मिलन, टीका र जमरा अनि मीठा परिकारका भोजन बनाएर दशैँ मनाइन्छ, हाम्रो धर्म, संस्कृतिक र परम्पराको जगेर्ना गर्नु तपाईँ हाम्रो प्रमुख दायित्व हो भन्ने नाराका साथ हामी नेपाली ग्लोबल सिसेल्सले २०२४ अक्टोबर ६ तारिकका दिन बडा दशैं, शुभ–दीपावली, नेपाल सम्वत्, छठ पर्वको पावन अवसरमा शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिसेल्सको प्रमुख तीन आईल्याण्डहरु माहे, प्रस्लिन र लादिक आईल्याण्डमा क्रमश अक्टोबर १२ र १३ तारिकका दिन बिभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन गरेको छ । माहे स्थित आन्स ओईटेल कम्युनियी सेन्टरमा सम्पन्न कार्यक्रममा कार्यक्रमको सहजिकरण संस्थाका महासचिव सुरेन्द्र कुँवर र सचिव अईन्द्र बिक्रम योङयाले गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजसेवी तथा ग्लोबल खाध्यान्न आपूर्ति संस्थानका प्रबन्ध निर्देशक श्री भेनु गोपाल ज्यू को प्रमुख आथितित्व रहेको थियो भने विशेष अतिथिहरुमा सेशेल्स पोलिस कमिसनर श्री टेड बारबे ज्यू, सेसेल्सका लागि नेपाली वाणिज्य दूत श्री नरेश दास, समाजसेवी तथा सुरक्षा निर्देशक कोरल स्टेण्डका श्री इलियस खान, लायन्स क्लबका सदस्य एवंम समाजसेवी श्री धरम बिर शर्मा ज्यू, समाजसेवी श्री आरती गुरुङका साथ साथै डन कार हायरका प्रोप्राइटर– समाजसेवी श्री जानी आमोर डिडोन र समाजसेबि श्री न्याल्सी लगायत विभिन्न संघसंस्थाबाट पाल्नुभएका विदेशी तथा स्थानीय अतिथीहरूको समुपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख संयोजक श्री हरि तामाङ र सह–संयोजक श्री चोम बलाल, यातयात ब्यवस्थापनमा संस्थाका बोर्ड अफ डाईरेक्टर श्री रामजी बस्नेत संस्थाका क्रियाशिल सदस्यहरु श्री प्रकास काँउचा र श्री सानु तामाङ ज्यु, भान्सा ब्यवस्थापन तथा सहजिकरणमा संस्थाका उपाध्यक्ष श्री राजेन्द्र कुँवर बोर्ड अफ डाईरेक्टर श्री भक्त खड्का, क्रियाशिल सदस्यहरु श्री धन बहादुर खत्री र श्री राजु मोक्तान ज्यूले गर्नु भएको थियो । कार्यक्रम स्थल ब्यवस्थापनमा संस्थाका बोर्ड अफ डाईरेक्टर श्री बिजय तामाङ ज्यूले गर्नु भएको थियो भने स्वयमसेवक जिम्मेवारी संस्थाकै अनुसाशन संयोजक श्री हरि मैनाली ज्यू र खेलकुद संयोजक श्री मंगल नेपाली ज्यूले परिचालन गर्नु भएको थियो भने उक्त दिनमै सम्पन भलिबल प्रतियोगितामा संस्थाका प्रथम उपाध्यक्ष श्री बिजय थापा ज्यूको नेतृत्वमा र विशेष सल्लाहकार विशन गुरुङ ज्यू साथै टिम क्याप्टेन श्री अमर गुरुङ ज्यूको निर्देशनमा भलिबल प्रतियोगितामा प्रथम स्थान बाजी मार्नु हुने सम्पूर्ण खेलाडीहरूलाई खादा तथा दशैं टीका र जमरा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।

नेपाली मौलिक भेषभूषा र संस्कृतिमा सम्पन्न कार्यक्रममा संस्थाका कलाकार भाइ बहिनीहरू संगिना तामाङ, कल्पना तामाङ, पुजा पोख्रेल, सुनिता रुम्बाले एकल नृत्य प्रतियोगितामा भाग लिनु भएरको थियो । एकल प्रतियोगितामा प्रथम र दोस्रो स्थान क्रमस संस्थाका बोर्ड अफ डाइरेक्टर संगिना तामाङ र पूजा दाहाल हात पार्नुभएको थियो भने समूह कै उत्कृष्ट नृत्यङ्गनाको रुपमा संस्थाका क्रियाशील सदस्य सुनिता रुम्बा साथै एकल नृत्य प्रस्तुतिको सन्तावना पुरस्कार भने संस्थाका क्रियाशील सदस्य कल्पना तामाङ ज्यूले प्राप्त गर्नुभयो । अतिथीहरुलाई मनोरजन दिनको लागि बिच बिचमा हास्य व्यङ्ग्य नृत्य प्रस्तुतिका साथै संस्थाका बोर्ड अफ डाइरेक्टर रोशन लामा ज्यूबाट गायन प्रस्तुतिहरू पस्कनु भई कार्यक्रमलाई अझ रमाइलो बनाउनुभएको थियो । संस्थाका कलाकारहरु पुजा पोख्रेल, शिखर राना, निर्मला तामाङ, पासाङ तामाङ, माया तामाङ र कारसाङ तामाङले दशंै बिषेश सामुहिक नृत्य प्रस्तुत गर्नुका साथै स्थानिय कलाकारहरुको पनि बेजोड नृत्य प्रस्तुति रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण अतिथिहरूलाई स्वागतको लागि संस्थाका कल्चर संयोजक श्री अनु तामाङ, बोर्ड अफ डाईरेक्टर श्री रोशनी दाहाल, क्रियाशील सदस्य विनोद श्रेष्ठ, सदस्यहरु निमा तामाङm सदस्य राजेन्द्र महत, महिला संयोजक श्री पुष्पा लामा लगायत अन्य सदस्य ज्यूहरू निरन्तर खटिरहनु भएको थियो । दुई चरणमा सम्पन्न कार्यक्रमलाई दोस्रो चरणको कार्यक्रम संस्थाका बोर्ड अफ डाइरेक्टर पदम गुरुङज्यूले सञ्चालन गर्नुभएको थियो । आर्थिक पक्षमा संस्थाका कोषाध्यक्ष श्री अस्मिता आले, बोर्ड अफ डाइरेक्टर एवंम कार्यक्रमका आर्थिक सह–संयोजक श्री सानु काजी सिमखडा र क्रियाशील सदस्य श्री शर्मिला थापा ज्यूको विशेष भूमिका रहेको थियो । आफ्नै मौलिक भेषभुषामा सजिनु हुने एकजनालाई पुरस्कृत गर्ने संस्थाको निर्णय अनुसार सो पुरस्कार संस्थाका शुभचिन्तक श्री अमृता तामाङ ज्यूले प्राप्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लकी ड्र बम्पर उपहारको विजेतामा कुपन नं–०८९ नम्बरको कुपन घोषित गरिएको थियो । उक्त चिठ्ठालाई कार्यक्रमका विशेष अतिथि इलियाज खान ज्यूले तान्नु भएको थियो ।


विशेष अतिथि इलियाज खानले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नु भयो – नेपालीहरुले आफ्नो ब्यस्त समयमा पनि हर्षोल्हासका साथ दशैं मनाउँदा खुशी ब्यक्त गर्नुहुँदै यो संस्थाले दुई देश बिच सांस्कृतिक मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर हुने कुरामा बिश्वस ब्यक्त गर्नुभयो । अर्का बिषेश अतिथी श्री टेड बारबेले यो संस्थाले सिसेल्समा कार्यरत सारा नेपालीहरुलाई समेटेर लैजाने नेपालीहरुको साझा संस्था बन्न सकोस भन्ने शुभकामना दिनुभयो । त्यसैगरी सिसेल्स पुलिसमा धेरै नेपाललीहरु कार्यरत रहेकोले जो नेपाली पनि परिवार जस्तै लाग्ने कुरा ब्यक्त गर्नुभयो । अर्का अतिथी एवंम लायन्स क्लवका सदस्य श्री धरम बिर शर्मा, कार्यक्रम संयोजक श्री हरि तामाङ साथै महासचिव श्री सुरेन्द्र कुँवर ज्यूले समसामयिक बिषयहरुमा प्रकाश पार्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रम संस्थाका अध्यक्ष श्री दिपेन्द्र कुँवर ज्यूको अध्यक्षतामा सम्पन भएको थियो । कार्यक्रमको समापनमा निमन्त्रणा स्वीकार गरी पाल्नुहुने सम्पूर्ण अतिथिहरूलाइ प्रत्यक्ष अप्रत्यक्ष कार्यक्रम सफलताका लागि दिनरात खटिनु हुने सबैलाई एकमुष्ट बधाई तथा शुभकामना दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Share This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>