हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

काठमाडौं । मिति २०८१–०६–१९ गते शनिबार, हामी नेपाली ग्लोवलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन” काठमाडौंको मल्ल होटलमा भव्यताका साथ सम्पन्न भएको छ ।


नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पौडेलको मुख्य आतिथ्यमा सम्मेलन सञ्चालन सम्पन्न भएको थियो । उक्त कार्यक्रममा माननीय ज्ञानेन्द्र शाही, माननीय हित मान तामाङ, माननीय दावा तामाङ, माननीय राजिव गुरुङ, माननीय तीर्थ लामा, माननीय माधव सापकोटा, माननीय छिरिङ दोर्जे लामा, मानीय देवी माया सुनुवार लगायत विशेष व्यक्तित्वहरु डा. सुरेन्द्र केसी, गुरु भन्टे सुमाङ्ग्लो, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङवो तथा राष्ट्रिय समाज सेवी प्रो.डा. जगदीश बैद्यको उपस्थिति रहेको थियो ।

यस सम्मेलनमा सहभागिता जनाउन हामी नेपाली ग्लोबलका विभिन्न अन्तर्राष्ट्रिय च्याप्टर तथा सव च्याप्टरका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जस अन्तर्गत, युएसए च्याप्टर पूर्व अध्यक्ष इन्दिरा त्रिपाठी, युएई च्याप्टर अध्यक्ष दिल लामा, जर्मनी च्याप्टर अध्यक्ष रणबहादुर साउद, नेपाल च्याप्टर अध्यक्ष उमा तामाङ, जापान च्याप्टर अध्यक्ष डेनी शेर्पा, साउथ कोरिया च्याप्टर अध्यक्ष डा. किशोर कोइराला, अमेरिका (नर्थ–साउथ) काउन्सुलर राजा घले, नेपाल च्याप्टर काउन्सुलर नारायण श्रेष्ठ, एसिया काउन्सुलर जुनु गुरुङ, मिडिल इस्ट एसिया काउन्सुलर आशा लामा, युएसए च्याप्टर महासचिव सुर्य सिम्खडा, डाइरेक्टर अफ इजुकेशन पूर्ण लामा, युएसए च्याप्टरका काउन्सुलरहरु लगायत नेपाल सव च्याटरका अध्यक्ष तथा हामी नेपाली ग्लोबलका अन्य प्रतिनिधिहरु र आमन्त्रित अतिथिहरु, पत्रकारज्यूहरू र समाजसेवीज्यूहरूको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमको शुरुवात अमेरिका (नर्थ–साउथ) काउन्सुलर राजा घलेद्वारा आगन्तुक सहभागिहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । मुख्य अतिथि माननीय मन्त्रीबाट दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नु भएको थियो र यस सम्मेलनको उद्देश्य अनुरुप चयन हुनुभएका २३ ट्रष्टी सदस्यहरुलाई पदक तथा ट्रष्टी प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । उहाँले नेपाल तथा नेपालीलाई विश्व सामु आफ्नो पहिचान बनाउन हामी नेपाली ग्लोबलले थालनी गरेको यस महान कार्यको सरहाना गर्दै नेपाल सरकारको तर्फबाट साथ तथा समर्थन सधैं रहने जानकारी दिनु भयो ।

सम्मेलनमा अध्यक्ष अमृत लामाले किन हामी नेपाली ग्लोबलको आवश्यकता प¥यो र यो संस्थाले केका लागि कसरी आफ्नो कार्यहरु गरिरहेको छ भनेर छोटो भिडियो प्रस्तुति मार्फत प्रष्ट पार्नु भएको थियो । नेपाल आमाको आँसु पुच्छ्न हामी नेपाली ग्लोबलले आगामी दिनहरुमा के–कस्ता कार्यक्रम र परियोजनामा काम गर्छ भन्ने पनि जानकारी दिनु भयो । दुई सत्रमा सम्पन्न भएको यो सम्मेलनमा दोस्रो सत्रमा विभिन्न विशेष अतिथि, अतिथि, समाजसेवी र विशेष व्यक्तित्वहरुले हामी नेपाली ग्लोबलले गरेको कार्यहरु प्रति आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

माननीय ज्ञानेन्द्र शाही तथा अध्यक्ष अमृत लामाले नेपाल तथा हामी नेपाली ग्लोबलको उद्देश्य अनुरुप कार्य गर्ने विशेष च्याप्टरको रुपमा हामी नेपाली ग्लोबल सिसेल्स च्याटरलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो । यस लगायत हामी नेपाली ग्लोबल नेपाल च्याप्टरका पूर्व अध्यक्ष बिमल कुमार खड्का, प्रा.डा. जगदीश बैद्य र पूर्ण लामालाई पनि प्रशंसा पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।

सम्मेलनमा पूर्ण लामाको संयोजकत्वमा “नेपालको बिकास कसरी हुन सक्छ” भन्ने शिर्षकमा कार्यशाला संचालन गर्नु भएको थियो । सहभागि प्रतिनिधिहरु मध्ये ४–५ जना मध्यको एक टिम बनाई हरेक टिमले आफ्नो बिचार लेख्न र व्यक्त गर्न दिइएको थियो । यो कार्यशालाको उद्देश्य भनेको सबै सहभागिहरुबाट नेपालको बिकास कसरी गर्न सकिन्छ भन्ने बिचार बुझ्न रहेको थियो र हामी नेपाली ग्लोबलले कसरी यस कार्यलाई अगाडी लैजाने भन्ने आशय लिएको थियो । सम्मेलनको अन्तमा ट्रष्टी सदस्यहरु मध्येबाट अध्यक्ष अमृत लामालाई ट्रष्टी अध्यक्षको रुपमा चयन गरिएको र अध्यक्षद्वारा सम्मेलनको अन्त्य भएको घोषणा गर्नु भएको थियो ।

ट्रष्टी सदस्यहरुको नामावली

१. अमृत लामा (ट्रष्टी अध्यक्ष)
२. नवराज के.सी
३. टेक बहादुर लामा
४. मोनी लिम्बु
५. केशव राम राई
६. जुनु गुरुङ
७. घनश्याम खड्का
८. रामचन्द्र भट्ट
९. सूर्य सिम्खडा
१०. राजा घले
११. अशोक राज भण्डारी
१२. निनम्मा राई
१३. रण बहादुर साउद
१४. राम कुमार श्रेष्ठ
१५. दिल लामा
१६. गंगा राज शर्मा
१७. इन्दिरा त्रिपाठी
१८. भुवन पौडेल
१९. डेनी शेर्पा
२०. महेश तामाङ
२१. उमा तामाङ
२२. राजेश गुरुङ
२३. पंकज कार्की

Share This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>