हामी नेपाली ग्लोबल सेसेल्सको वार्षिक साधारण सभा ०८ जुन २०२५ का दिन भव्य रूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष श्री दिपेन्द्र कुँवर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य र शुभचिन्तकहरूको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो।

उत्त कार्यक्रम संस्थाका सचिव अईन्द्र विक्रम योङयाले सञ्चालन गर्नुभएको थियो भने संस्थाका तृतीय उपाध्यक्ष श्री राजेन्द्र कुँवर ज्यूले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो । संस्थाका अध्यक्ष श्री दिपेन्द्र कुँवर ज्यू ज्यूबाट संस्थाको समसामयिक विषयहरू, संस्थाको विधि विधान र कार्य नीति निर्माणहरूको बारेमा प्रतिवेदन पेश गर्दै दीप प्रज्लन गरी संस्थाको वार्षिक साधारण सभालाई समुद्घाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष दिपेन्द्र कुँवरज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष विजय थापा ज्यूले संस्थाको भावी योजनाहरू र रणनीतिहरुको बारेमा प्रतिवेदन पेश गर्नुभयो। महासचिव सुरेन्द्र कुँवर ज्यूबाट संस्थाको विगत देखि वर्तमान सम्मको गतिविधिहरूको बारेमा प्रतिवेदन पेश गर्नुका भएको थियो। संस्थाको कोषाध्यक्ष श्री अस्मिता आले मगर ज्यूबाट आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो।

कार्यक्रमको तेस्रो चरणमा संस्थाले विगतदेखि वर्तमान सम्ममा गरेका क्रियाकलापहरू भिडियो मार्फत संस्थाका सचिव अईन्द्र विक्रम योङया ज्यूले सार्वजनिक गर्नुभएको थियो।


संस्थाका प्रवक्ता भानुभक्त बिक द्वारा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा संस्थालाई विशेष योगदान र सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरू र कम्पनीहरू समेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो।




संस्थाका सदस्य शुभचिन्तक ज्यूहरूबाट केही सल्लाह सुझावहरू संकलन गर्दै कार्यक्रमको अन्त्यतिर, सेसेल्सको Belomber मा 01 May 2025 मा चट्याङबाट प्रभावित परिवारलाई राहत वितरण कार्यक्रम पनि सम्पन्न गर्दै धेरै महत्वपूर्ण निर्णयहरू गरी कार्यक्रमको विधिवत रूपमा समापन गरिएको थियो।

